बझाङ - बझाङमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । बुंगल नगरपालिका–६ लिसड कि २६ वर्षीया दुर्गा देवी धामीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सोमबार दिउँसो करिब ४ बजेको समयमा दाउरा काटेर घर फर्किने क्रममा माला धौन भन्ने भिरबाट करिब १५० मिटर तल खसेर घाइते भएकी उनलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक धामीका २ छोरा र २ छोरी रहेका छन् । मृतकका श्रीमान् रोजगारको सिलसिलामा भारतमा रहेका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ १०:१७
प्रतिक्रिया दिनुहोस्