Sagun Khabar
बैतडी र बझाङका स्थानीय तहमा युनिसेफको सहयोग
Atrya hospital

 बैतडी –बैतडी र बझाङमा युनिसेफ नेपालले स्वच्छता र विपद् व्यवस्थापनमा सहयोग पुग्ने सामग्री वितरण गरेको छ । कोरोना भाईरसको महामारी नियन्त्रणमा स्थानीय तहहरुलाई सहयोग पुगोस भनेर सामग्री वितरण गरिएको युनिसेफ नेपाल वास कोर्डीनेटर अम्बादत्त अवस्थीले बताए । 

बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिका तथा बझाङको बित्थडचीर गाउँपालिकालाई ती सामग्री हस्तान्तरण गरिएको उनले बताए । 

ब्लेन्केट, स्वचछता झोला, डिजिटल थर्मोमिटर र सरसफाईका सामग्री हस्तान्तरण गरिएको अवस्थीले बताए । ती सामग्रीहरु स्थानीय तहहरुले आवश्यकताका आधारमा संक्रमित र अन्य नागरिकलाई वितरण गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update