काठमाण्डौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए ।
गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ १३:०८
प्रतिक्रिया दिनुहोस्