काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।
आज मङ्गलवार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १७:४७
प्रतिक्रिया दिनुहोस्