Sagun Khabar
सुर्खेत घोषणा जारी गर्दै पत्रकार महासंघको साधारणसभा सम्पन्न

काठमाण्डौं –नेपाल पत्रकार महासंघको साधारणसभा सुर्खेत घोषणा जारी गर्दै सम्पन्न भएको छ  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको साधारणसभा शनिबार सकिएको हो । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकको प्रतिवेदन पारित गरेको महासचिव रोशन पुरीले जानकारी दिए । 

साधारणसभाले जारी गरेको घोषणापत्रमा तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै सचेत गराइएको छ । ‘अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्दछ।’ घोषणामा भनिएको छ, ‘साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्दछ ।’

Atrya hospital

इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरू थपिएको भन्दै साधारणसभाले सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । साथै, सम्वद्ध निकायहरूलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि महासंघले माग गरेको छ । 

संविधान अनुसारका सञ्चार कानूनहरू तत्काल निर्माण गर्न र पुराना कानुनहरूमा सुधार ल्याउन पनि महासंघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ । साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न सरकारसँग माग गर्दै साधारणसभाले समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरेको छ ।

‘साथै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्दछ,’ घोषणामा भनिएको छ । श्रमजीजी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि पनि माग गरिएको छ । 

11671870321.jpg

21671870320.jpg
31671870322.jpg

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update