Sagun Khabar
नयाँ सरकारका लागि शीतल निवास जाने तयारीमा एमालेसहितका चार दल

काठमाडौं –नयाँ सरकार गठनका लागि चार दलले राष्ट्रपतिसमक्ष दाबी गर्ने तयारी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ ५ बजेसम्मको समयमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन् । 

सत्ता गठबन्धन दल नेपाली कांग्रेसले सरकारको पहिलो कार्यकालमा दाबी नछोडेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला बालकोट पुगेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग भेट गरिसकेका छन् ।  त्यस्तै, जसपाका नेता अशोक राई पनि बालकोटमै छन् । १२ सिट रहेको जसपा नयाँ सरकारमा सहभागी हुने नहुनेबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन । 

Atrya hospital

प्रतिनिधिसभामा एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४, र जसपा १२ सिट रहेका छन् । सरकार निर्माणका लागि २७५ मध्ये १३८ सिट आवश्यक पर्छ । चार दल मिल्दा १५६ सिट हुन आउँछ । 

-थाहाखबरबाट 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update