Sagun Khabar
शनिबार बैतडीमा ३२ जनाले कोरोना जिते 

बैतडी – बैतडीमा शनिबार ३२ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ३२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै शनिबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका ३ र पाटन नगरपालिकाका थप १ जनामा कोरोना पुष्टि भएको हो ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २०६ रहेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ४६ जना, सुर्नया गाउँपालिकामा ४३ जना, मेलौली नगरपालिकामा ३१ जना, दशरथचन्द नगरपालिकामा २९ जना र डिलाशैनी गाउँपालिकामा १४ जना रहेका छन् ।

Atrya hospital

यस्तै पुर्चौंडी नगरपालिकामा १२ जना, पञ्चेश्वर गाउँपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा १० जना, सिगास गाउँपालिकामा ५ जना र शिवनाथ गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा अन्य ठाउँका २ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा अहिले सम्म कोरोनाका कारण १६ जनाको मृत्यु भईसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update