Sagun Khabar
उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी छ :  रवि लामिछाने
Atrya hospital

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् ।  

सङ्घीय संसद् भवनमा आज सोमवार भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले मन्त्रालय तथा मन्त्रीको सङ्ख्याको टुङ्गो लागिनसकेको तर आफ्नो दाबी उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रहेको बताए ।

प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद रहेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update