काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गृह तथा उपप्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृह मन्त्री दिने निर्णय गरेका हुन् ।
माओवादी स्रोतका अनुसार सभापति लामिछानेलाई केहीबेरमा शपथ खुवाउने तयारी पनि भइरहेको छ । सभापति लामिछानेले सोमबार बिहान बसेको गठबन्धनकाे बैठकमा आफूले उपप्रधान तथा गृह मन्त्रालयमा दाबी गरेकाे बताएका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १५:४२
प्रतिक्रिया दिनुहोस्