काठमाण्डौं –नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले पुस २२ गते दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठकका लागि ३ एजेन्डा तय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा सम्बन्धमा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध गरी ३ एजेन्डा तय गरेर बैठक बोलाइएको पौडेलले बताए ।
सत्ता गठबन्धन टिक्न नकसेपछि कांग्रेसको संस्थापन र इतर समूहमा रहेका नेताहरु केन्द्रीय कार्यसमिति बैठक डाकेर छलफल गर्नुपर्ने बताउँदै आएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गरेपछि सभापति शेरबहादुर देउवा घेराबन्दीमा परेका छन् ।
संस्थापन इतर समूहले गठबन्धन टुटेकोमा देउवालाई दोष दिइरहेका छन् । यी सबै बिषयमा कांग्रेसले बैठकबाटै समीक्षा गर्ने भएको हो ।