Sagun Khabar
सुदूरपश्चिममा शनिबार ४५७ जनाले कोरोना जिते, एकजनाको मृत्यु 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा शनिबार ४५७ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ४५७ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मात्रै मृत्यु भएको छ । कैलालीका एकजनाको कोरोनाबाट मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २३ जनाको नमूना परीक्षण गर्दा थप ६३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update