काठमाण्डौं –नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामा २१ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले १६ मत मात्रै पाए ।
यसअघि दलको नेता बनिसकेका बानियाँ ५ मतले पराजित भएका हुन् । लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता भएपनि सर्वसम्मत रुपमा दलको नेता चयन गर्न नसकेपछि चुनाव भएको हो ।
३७ प्रदेशसभा सदस्य रहेको कांग्रेस बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १६:४४
प्रतिक्रिया दिनुहोस्