काठमाण्डौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताएका छन् ।
आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको हो । बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा छलफल भएको राप्रपाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १७:४४
प्रतिक्रिया दिनुहोस्