Sagun Khabar
डीएसपी ठगबहादुर निलम्बित

काठमाण्डाै – गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । 

नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यसअघि केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा गएकाे आइतवार राति पक्राउ गरेको थियो । 

Atrya hospital

सुरुमा ब्युरोले बुटबलका खिलेन्द्रसिंह जिसीलाई एक रिसोर्टबाट नौ लाख ५० हजार रुपैयाँको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो । जिसीमाथि गरिएको अनुसन्धानका क्रममा त्यस घटनामा स्थानीय व्यवसायी किसन विक र डीएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि केसीकाे निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो । उनको घरमा खानतलासी गर्दा आठ लाख ५० हजार रुपैयाँ फेला पारि बरामद गरिएको सीआईबीका प्रहरी उपरीक्षक कमल थापाले बताए  । 

सीआईबीको टोलीले त्यही दिन नै बरामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित गराएकाे थियो । प्रहरीले अनुसन्धान चलिरहेकाे जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update