Sagun Khabar
प्रचण्ड नेतृत्वको सरकारसंग मिलेर अगाडि बढ्ने  : भारत
Atrya hospital

काठमाडौं – छिमेकी देश भारतले नेपालको नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारसँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताइएको हो । 

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपाल भारतबीच पुरानो सम्बन्ध रहेको बताउँदै यसलाई मजबुत बनाउनका लागि नयाँ सरकारसँग मिलेर आफूहरु अगाडि बढ्न तयार रहेको बताए । उनले भने ‘दुई देशबीच जुन युनिक सम्बन्ध छ । यसलाई बढाउनका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने आशा राख्छौं । दुई देशबीच जुन सद्भाव छ । जनता जनताबीचको सम्बन्ध छ । त्यसलाई दुबै देश मिलेर मजबुत बनाउँछौं ।’

भारतले निर्वाचनअघि नै नेपालमा बन्ने नयाँ सरकारसँग भारत सहकार्य गर्न तयार रहेको बताएको समेत उनले स्मरण गराए । 
 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update