काठमाण्डौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसमक्ष हस्तान्तरण गरेका थिए । भेटमा नेपाल भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएको भोलिपल्टै श्रीवास्तव भारत गएका थिए । प्रचण्डसँग हिजो अमेरिकी राजदूतले पनि भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १५:५६
प्रतिक्रिया दिनुहोस्