Sagun Khabar
सुदूरपश्चिमको मुख्यमन्त्रीमा माओवादीको दाबी, माओवादी नेताले प्रधानमन्त्रीलाई भेटे 

काठमाण्डौं –माओवादी केन्द्रका सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट लगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउनुपर्ने माग सहित उनीहरुलाई प्रधानमन्त्रीलाई भेटेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् । सत्तागठबन्धनको बैठकमा सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउनुपर्ने अडान राख्न नेताहरुले आग्रह गरेका छन् । 

Atrya hospital

प्रचण्डलाई भेट्न माओवादी सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इञ्चिार्ज खगराज भट्ट, प्रदेश सभा सदस्य ओम विक्रम भाट (सरल) र पार्टीको प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ बालुवाटार पुगेका हुन् । तर प्रधानमन्त्री प्रचण्डले भने अहिले नै कसको भागमा सुदूरपश्चिम पर्ने भन्नेबारे बताउन नसकिने उनीहरुलाई बताएका छन् । 

प्रदेशमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्य छन् । राप्रपा एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यसमेत सुदूरपश्चिम प्रदेश सभामा छन् । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको नेपाली काँग्रेसका १९ जना प्रदेशसभा सदस्य छन्  । तर काँग्रेस प्रतिपक्षमा बस्ने निश्चित प्रायः भइसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update