Sagun Khabar
बैतडीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना पारित 

बैतडी –बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ र विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी दुवै योजना जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

दुवै योजनाहरुमा विपद्का घटना न्यूनीकरणका लागि आवश्यक तयारीका कुरा समेटिएका उनले बताए । प्रत्येक क्षेत्रका योजनाहरु समावेश गरिएका र जिल्लामा हुन सक्ने विपद्का घटनाको क्षति न्यूनीकरणका लागि कसले के गर्ने भन्ने बिषय योजनामा समेटिएको उनले बताए । 

Atrya hospital

योजनामा पूर्वतयारी र प्रतिकार्यका कुराहरु समेटिएका छन् । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जिल्ला यिनै योजना अनुसार काम हुने सूचना अधिकारी भारतीले बताए । 

आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दुवै योजना पारित हो । 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update