Sagun Khabar
जिसस कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन 
Atrya hospital

कैलाली –जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलको काठमाण्डौंमा निधन भएको छ । दुई साता अघि उपचारका लागि काठमाण्डौं गएका कलेलको उपचारका क्रममा आज दिउँसो एक बजे बीर अस्पतालमा मृत्यु भएको हो ।

कलेजो र मृगौलामा समस्या रहेका कलेलको उपचार भइरहेको थियो । कलेजो र दुईटै मृगौला काम गर्न छोडेपछि उनको मृत्यु भएको हो । 

नेपाली काँग्रेसका तर्फबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखका रुपमा निर्वाचित भएका कलेल गौरीगंगा नगरपालिकाको मसुरीयाका स्थायी बासिन्दा हुन् । 
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update