Sagun Khabar
बैतडीमा प्रथम नेपाल–इण्डो टी–२० क्रिकेट प्रतियोगिता हुने 

बैतडी –बैतडीमा प्रथम नेपाल–इण्डो टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिका १० खडेनी बाराकोटस्थित पञ्चकोटी युवा क्लबको आयोजनामा क्रिकेट प्रतियोगिता हुने क्लबका अध्यक्ष उत्तमबहादुर चन्दले बताए । 

यही पौष २७ गतेदेखि शुरु हुने प्रतियोगितामा भाग लिन चहाने टीमहरुले पौष २६ गते दिउँसो ३ बजे सम्म टीम दर्ता गराइसक्नुपर्ने अध्यक्ष चन्दले बताए । प्रतियोगितामा नेपाल तथा सीमावर्ती भारतीय क्रिकेट टीमहरुको समेत सहभागी हुने जनाइएको छ । 

Atrya hospital

बुड्डाबाजे खेलमैदान रातामाटा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा दोश्रो हुने टीमलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद ३ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र दिइनेछ । यस्तै बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा बेस्ट बलरलाई नगद एक हजार पाँच सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

प्रतियोगितामा बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७ सय ७७ रुपैंया नगद पुरस्कार दिइने अध्यक्ष चन्दले बताए । क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको बताइएको छ । यस्तै सीमा क्षेत्रका बासिन्दाहरुबीच खेलमार्फत सद्भाव कायम गर्नका लागि नेपाल–इण्डो क्रिकेट प्रतियोगिताको आयोजना गर्ने तयारी भएको क्लबका अध्यक्ष चन्दले बताए । 

प्रतियोगितामा सहभागी हुने टीमलाई दर्ताका लागि चार हजार शुल्क समेत तोकिएको छ । 
Cricket1673082602.jpg

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update