Sagun Khabar
प्रधानमन्त्रीलाई विश्वासको मत दिने, नदिनेबारे कांग्रेसले २६ गते बिहान निर्णय गर्ने

काठमाण्डौ – नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने÷नदिने बारे आउँदो २६ गते बिहान मात्रै निर्णय गर्ने जनाएको छ ।शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । विश्वासको मत लिने दिन नै कांग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । 

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्ने भन्नेबारे आजको बैठकमा जानकारी गराइएको पनि उनले बताए । 

Atrya hospital

प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकवद्ध भएर प्रतिनिधि सभामा सशक्त भूमिका निर्वाह गर्ने पनि बताए । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय गरेको पनि उनको भनाइ छ ।

यस्तै बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरुलाई निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update