काठमाण्डौ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रतिनिधि सभाबाट जनताले धेरै अपेक्षा गरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले जनताका अपेक्षाअनुसार कांग्रेसले भूमिका खेल्ने बताए। यो प्रतिनिधि सभाबाट जनताले धेरै अपेक्षा राखेको र समृद्धि प्राप्त गर्नु साझा लक्ष्य रहेको उनले बताए ।
देउवाले संविधान रक्षा र संविधानको भावनाअनुसार अगाडि बढ्नुपर्ने पनि बताए। सभापति देउवाले कांग्रेस प्रतिनिधि सभाको ठूलो दल भएकोले जनतालाई धन्यबादसमेत दिएका थिए।
सभापति देउवाले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा बधाईसमेत दिएका थिए। साथै उनले सांसदहरूलाई पनि बधाई र शुभकामना दिएका छन्।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १४:१२
प्रतिक्रिया दिनुहोस्