Sagun Khabar
यसपटक आत्मस्वीकारोक्ति सहित आएको छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजनीतिकर्मी कहिँ न कहिँ चुकेको आत्मस्वीकारोक्ति सहित काम सुरु गर्ने बताएका छन् ।

‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु, यसपटक इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहिँ न कहिँ चुकेका छौं’ उनले भने ।

Atrya hospital

 राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएका उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो कार्यकालमा अनुभव र टिम नहुँदा राम्रोसँग काम गर्न नसकेको बताए । ‘त्यतिबेला मसँग न अनुभव थियो न टिम । विभाजित मनोदशा र पार्टीभित्रकै सघर्षमा म रुमल्लिएँ, सिक्दासिक्दै भित्र र बाहिरको घेराबन्दीका बीच राजीनामा दिनुपर्ने अवस्था आयो’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update