काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेका छन् । मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको प्रस्तावमा छलफल गर्दै लिङ्देनले राष्ट्रनिर्मातालाई सम्मान गर्दा कसैले पनि हिनताबोध गर्नु नपर्ने बताएका हुन् ।
'यो सरकारले हिम्मत गर्यो । बिदा दिने निर्णय गर्यो म धन्यवाद दिन चाहन्छु,' लिङ्देनले भने । उनले राष्ट्र एकीकरण गर्ने व्यक्तिको सम्मान गर्दा कसैले पनि हिनताबोध गर्नु नपर्ने बताए । उनले पृथ्वीजयन्ती कुनै पनि पार्टीको राजनीतिक विचार नभएको बताए ।
सरकारलाई समर्थन गर्ने र विश्वासको मत दिने निर्णय यसअघि नै गरेको बताउँदै लिङ्देनले भने,' सुशासन विकास र सेवा प्रवाहको सम्बन्धमा राप्रपाको समर्थन छ ।'
सम्बोधनको अन्तिममा राप्रपाको बुधबार भृकुटीमण्डमा पृथ्वी जयन्ती मनाउने उल्लेख गर्दै उनले भने,' भोलि चियापान छ । सबैलाई चुलो निम्तो गर्दछु ।'