Sagun Khabar
बैतडीमा जेष्ठ नागरिकलाई सम्मान 
Atrya hospital

बैतडी –बैतडीमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । सामाजिक विकास कार्यालयको सहयोगमा दलित समाज विकास मञ्च बैतडीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । दशरथचन्द नगरपालिका वडा नं ४ का २१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सरस्वती नेपालीले बताइन् ।

जेष्ठ नागरिकलाई दोसल्लाका साथै विभिन्न पोषिलो खानेकुराहरु पनि वितरण गरिएको उनले बताइन् ।  यस्तै प्रत्येक जेष्ठ नागरिकलाई एक हजारका दरले खाजाखर्च वितरण गरिएको नेपालीले बताइन् ।

जेष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि सशक्तीकरण कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update