Sagun Khabar
सुदूरपश्चिममा सत्ता गठबन्धनलाई  नाउपाको समर्थन ,  दावी पेस गर्न  जाँदै रावल

धनगढी- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । बुधबार भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो ।

बुधबार दिउँसोसम्म अनिर्णित रहेको नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले अन्ततः सुदूरपश्चिममा सत्ता गठबन्धनलाई सहयोग गर्ने निर्याय गरेको छ । नाउपाको समर्थन सँगै सत्ता गठबन्धनका मुख्यमन्त्री उम्मेदवार राजेन्द्र सिंह रावल मुख्यमन्त्रीको दावी गर्नको लागी प्रदेश प्रमुखको कार्यालय जादै छन् ।

Atrya hospital

नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने जनाएसँगै रावलका लागि मुख्यमन्त्री बन्ने ढोका खुलेको हो ।रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्तिका गरी कम्तीमा २८ सांसदको समर्थनसहित दाबी पेश गर्नेछन् । ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउँन २७ संसद आवश्यक पर्छ ।

जसमा कम्तीमा एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदलाई लिएर रावलले दाबी पेश गर्न लागेका हुन् ।केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो पालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।

मओवादीको भागमा परेको सभामुखमा भिम बहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन । र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन । 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update