Sagun Khabar
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त
तस्बिरः पत्रकार तेज बोहराको फेसबुकबाट

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका छन् ।  २९ सांसदको समर्थन सहित बुधवार साँझ  दावी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्तिका  र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियूक्ति भएका हुन ।५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउँन २७ संसद आवश्यक पर्छ । जसमा मुख्यमन्त्री रावलले  एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १  सांसदगरी २९ जनाको सहमतिमा मुख्इमन्त्रीमा रावल नियूक्ती भएका हुन  ।

Atrya hospital

केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो पालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ । मओवादीको भागमा परेको सभामुखमा भिम बहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन ।

र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन । केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो पालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दावी गर्दा सभामुख माओवादीको भाग परेको छ ।

मओवादीको भागमा परेको सभामुखमा भिम बहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन । र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन ।
 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update