बैतडी- बैतडीमा प्रथम नेपाल– इण्डो खुला टी– २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । दशरथचन्द नगरपालिका १० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा क्रिकेट प्रतियोगिता बुधबारबाट शुरु भएको हो ।
पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दको अध्यक्षता तथा दशरथचन्द नगरपालिकका उपप्रमुख कौशीला चन्दको प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिता शुरु भएको हो । उद्घाट कार्यक्रममा जिल्ला क्रिकेट संघ बैतडी अध्यक्ष बिनोद बहादुर चन्द, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नाय उपरीक्षक प्रेम बहादुर शाही, विभिन्न राजनितीक दलका प्रतिनिधि, संघ संस्थामा आवद्ध कर्मचारी र खेल प्रेमिहरुको सहभागिता रहेको थियो ।
सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गरि क्रिकेटको विकास,र खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरेको अध्यक्ष चन्दले बताए । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालनभएको प्रतियोगितामा नेपाल र भारतका १५ ओटा पुरुष क्रिकेट टोलीको सहभागिता रहेको छ । भारतका दुइ ओटा र नेपालका १३ टिमको सहभागिता रहेको बताइएको छ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार र उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष चन्दले बताए । यस्तै म्यान अफ द सिरिजलाई नगद ३ हजार, बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार ५००य, बेस्ट बलरलाई नगद एक हजार ५, बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७७७ रुपैयाँ पुरस्कार दिइनेछ ।