धनगढी- सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन स्थगित गरिएको छ। प्रदेशको सभामुखका लागि बिहीवार दिउसो १ बजेको समय निर्धारण गरिएको थियो। १ बजे निर्वाचनको प्रक्रिया सुरु हुन नसकेपछि २ः३० बाट निर्वाचनको प्रक्रिया सुरु भएकोमा फेरि स्थगित गरिएको हो।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले पद तथा गोपनियताको सपथ लिने भएपछि प्रदेशको सभामुखको निर्वाचन एक घण्टाका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले बताएको छ। मुख्यमन्त्री रालव सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा छन्।
नागरिक उन्मुक्ति पार्टीको समर्थतमा एमाले दलको नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएपनि सभामुखको निर्वाचनमा भने नागरिक उन्मुक्ति पार्टीका चार जना प्रदेश सभा सदस्यको सहभागिता छैन्। सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिका तीन जनाको मात्र प्रदेश सभामा सहभागिता रहेको हो।