काठमाडौं - पोखराका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । आज भएको प्रेदशसभा बैठकमा अधिकारीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको हो ।
अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सत्ता गठबन्धनको नेकपा एमालेबाट अधिकारी मुख्यमन्त्री बनेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ १५:१३
प्रतिक्रिया दिनुहोस्