Sagun Khabar
बैतडी घर भएका वरिष्ठ  डेउडा गायक महेश कुमार औजी सम्मानित

बैतडी- बैतडी घरभएका वरिष्ठ लोक डेउडा गायक महेश कुमार औजी सम्मानित भएका  छन्  । जिल्लाको  पञ्चेश्वर गाउँपालिका बिजुल घरभएका गायक औजी रारा म्युजिक अवार्ड २०७९ बाट सम्मानीत भएका हुन् ।

कर्णाली कलाकार समाज द्वारा आयोजीत अवार्ड वितरण कार्यक्रममा उनलाई गीत संगीतमा सर्वोत्कृष्ट कलाकारका रुपमा सम्मानीत गरिएको हो । यहि पौष २६ गते राष्ट्रिय सभागृह काठमाण्डौँमा राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा भएको कार्यक्रममा उनलाई सम्मानीत गरिएको हो ।

Atrya hospital

गायक औजीले सुदूरपश्चिमेली भाषाका ५ सय बढी गीतमा स्वर दिनुका साथै १ सय बढी गीत श्रृजना गरेकाछन् । अनिता एइबिराना देश मत, कलेजी कटौन्या माया लगायतका थुप्रै चर्चित देउडा गीत गाएर  आफनो  पहिचान बनाएका औजी दर्शक स्रोताको  मन मुटुमा बस्न सफल छन् ।

गायक औजीले सोर दिएका  गीतहरु सबैले  मन पराउँछन् । गायक औजीले आफु राष्ट्रीय अवार्डबाट सम्मानित हुँदा अत्यन्तै खुसि लागेको बताएका छन् ।   बैतडीमा जन्मेका गायक औजी  अहिले  राष्ट्रिय कलाकारका रुपमा स्थापित छन् ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update