बैतडी- चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस दुर्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यती एयरलाइन्सको विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट पर्खिन आज विमानको प्रतीक्षामा थिए । अचानक दुर्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दुर्घटनाबाट बचेको उनको भनाइ छ ।
“खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो । फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ । उनले भने”
मेरो यही विमानस्थलभित्र काम गर्ने एकजना चिनेको भाइ छ । दुर्घटनाअघि ऊसँग मेरो कुरा भइरहेको थियो । ‘दाइ प्लेन हल्लिराखेको छ’ त भन्दै थियो । हल्लिँदाहल्लिँदै खसेको कुरा आयो ।
६८ जना यात्रु र चालक दलका चारजनासहित आज (आइतबार) बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।