Sagun Khabar
बैतडीका बोहराले दिल्लीबाट पठाए स्वास्थ्य सामग्री 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका ८ मल्लादेही घर भई हाल रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बीरबहादुर बोहराले स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना भाईरसको नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका मल्लादेही स्वास्थ्चौकीका स्वास्थ्यकर्मीका लागि बोहराले स्वास्थ्य सामग्री पठाएका हुन् । 

सुदूरपश्चिम टुर एण्ड ट्राभल्सका प्रोप्राइटर समेत रहेका बोहराले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सामग्री पठाएका हुन् ।

Atrya hospital

बोहराले पठाएको स्वास्थ्य सामग्री मल्लादेही स्वास्थ्यचौकीमा पुगेको स्थानीय महेश बोहराले बताए । गड्डाचौकीबाट ती सामग्रीहरु वडा अध्यक्ष जनकबहादुर बिष्टको पहलमा स्वास्थ्यचौकीमा पुर्याइएको हो । 

बोहराले दिल्लीबाट ७ थान पीपीइ सेट, ७ सय थान सर्जिकल मास्क, ३० लिटर सेनेटाइजर, एकसय थान ग्लोभ्स, ५ थान पिपइ गन र पारासिटामोल र भिटामीन सि औषधि पनि पठाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update