कैलाली –सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । प्रदेश सभा सदस्य भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका प्रदेश सभा सचिवालयले जनाएको छ । उनले २९ मत पाएका हुन् । ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गरेका छन् ।
काँग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन् । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ ११:३२
प्रतिक्रिया दिनुहोस्