Sagun Khabar
बैतडीका संगीत साधक पेलाको नयाँ गजल ‘के लत बस्यो’बजारमा 

बैतडी –शास्त्रीय संगीतका साधक बैतडीका तिलकसिंह पेलाको नयाँ गजल बजारमा आएको छ । उनको ‘के लत बस्यो ...’गजल बजारमा आएको हो । 

डा. प्रदीप मैनालीले लेखेको उक्त गजलमा पेलाले मिठो स्वर र संगीत भरेका छन् , गजललाई रिदम कँडेलले संयोजन गरेका हुन् । उक्त गजलको सारंगीमा धर्म गन्धर्व, तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा नगेन्द्रविक्रम राई र पियानोमा रिदम कँडेल रहेका छन् । 

Atrya hospital

पेलाले यसअघि पनि विभिन्न आधुनिक र देउडा गीतहरु बजारमा ल्याएका छन् । पेलाका ‘लुकाउन खोज्दा पनि आँसु नझरेको हैन’, ‘कहानी बनेन केही यस्तै छ मेरो जिन्दगी’ लगायत गीत चर्चित छन् । 

‘के लत बस्यो...’ बोलको गजल उनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएसँगै चर्चाको शिखरमा पुगेको छ । धेरै स्रोताहरुले यसलाई मन पराएका छन् । उनको गजल टिकटक लगायतका सामाजिक सञ्चालमा समेत भाइरल भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update