Sagun Khabar
बैतडीमा कोरोना परीक्षणको दायरा बढाइयो 

बैतडी –बैतडीमा चोकचोकमा कोरोना परीक्षण थालिएको छ । कोरोना परीक्षण दायरा बढाउनका लागि राजमार्गका मुख्य चोकहरुमा कोरोना परीक्षण गर्ने कार्य शुरु भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए  ।

निषेधाज्ञा पालना भएको नभएको बारेमा जानकारी लिनका लागि अनुगमनका साथसाथै कोरोना परीक्षणको दायरा पनि बढाइएको उनले बताए । सोमबार सतबाँझमा १७२ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

Atrya hospital

कोरोनाको संक्रमण न्यूनीकरण गर्नका लागि स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने भएकाले त्यसको समेत आफूहरुले अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

जिल्लाका मुख्य बजारहरुमा अनुगमन गर्नुका साथै कोरोना परीक्षणलाई पनि निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update