कैलाली –सुदूरपश्चिम प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । एमालेकी समानुपातिक प्रदेशसभा सदस्य चौधरी उपसभामुखमा चयन भएकी हुन् ।
माओवादीकी लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो ।
चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ ०७:२९
प्रतिक्रिया दिनुहोस्