बैतडी- बैतडीमा सम्पन्न प्रथम नेपाल – इन्डो टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लव जितेको छ। बिहीवार सम्पन्न फाइनल खेलमा आयोजक पञ्चकोटी क्रिकेट क्लब ए, खडेनीलाई ७ विकेटले स्तब्ध पार्दै कैलपालले उपाधि जितेको हो ।
९४ रनको सामान्य लक्ष्य कैलपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो। जसमा तेज चन्दले अविजित ३१, प्रकाश पाण्डेले २१, प्रदीप चन्दले अविजित १४ रन बनाए । पञ्चकोटीका भूपेन्द्र चन्द र जितेन्द्र रावलले १÷१ विकेट हात पारे। त्यसअघि बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक पञ्चकोटी क्रिकेट क्लब ए १६.१ ओभरमा ९३ रनमा समेटियो । ज
समा दिनेश बुडालले अविजित २६ र सुमित बुडालले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। कैलपालका लागि प्रकाश चन्द, प्रदीप चन्द, आकाश चन्द र दीपक जोशीले २÷२ विकेट लिए । उपाधिसँगै कैलपालले ४० हजार मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने पञ्चकोटीले २० हजार मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ । यस्तै म्यान अफ द फाइनल कैलपालका प्रदीप चन्द भएका छन् ।
यस्तै म्यान अफ द सिरिज आयोजक पञ्चकोटीका राम चन्द, बेस्ट बलर निङ्गलाशैनी क्रिकेट क्लवका ऋषिकेश बोहरा, बेस्ट ब्याट्सम्यान निङ्गलाशैनी क्रिकेट क्लवकै सुरेश भाट, बेस्ट किपर पञ्चकोटीका दीपेश चन्द,बेस्ट फिल्डर पञ्चकोटी ‘बी’का सुरजसिंह बुडाल, उदीयमान खेलाडी रातामाटा विद्यालयका गणेशसिंह बुडाल भए।
म्यान अफ द सिरिजलाई नगद ३ हजार, बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय, बेस्ट बलरलाई नगद एक हजार पाँच‚ बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७७७ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको । विजेता र उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका हुन् ।
पञ्चकोटी युवा क्लब,खडेनीको आयोजनामा पुस २७ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरी १५ ओटा टोलीको सहभागीता थियो ।