धनगढी- सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ। सुदूरको पहाडी जिल्ला बाजुराको मेला केन्द्रविन्दर भएर आज दिउँसो भूकम्प गएको हो। बाजुराको मेला क्षेत्रमा केन्द्र विन्दु भएर मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ।