Sagun Khabar
सुर्नयामा स्थानीयले सडक खनेर खेत बनाएपछि ...

बैतडी –बैतडीको सतबाँझ रौलेश्वर जोड्ने सडक अन्तर्गत सुर्नया ४ चनेतामा स्थानीयहरुले सडक खनेर जमीन बनाएपछि यातायात व्यवसायी आन्दोलित भएका छन् । सडकको तलतिर जेसीबी लगाएर जमीन काटेपछि सवारी साधन सञ्चालनमा समस्या आएको हो । 

सडक नै भासिने गरेर जमीन बनाएपछि यातायात व्यवसायीहरुले रौलेश्वर प्रहरीचौकीमा निवेदन समेत दिएका छन् । 

Atrya hospital

प्रहरीले सोमबार स्थानीय नरेश महरा र शंकर महरालाई नियन्त्रणमा लिएर छोडेको छ । स्थानीय राजनीतिक दलहरुको रहोबरमा दुवैजनालाई छोडिएको र आज गाउँपालिकामा छलफलका लागि बोलाएको रौलेश्वर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक भुवन चन्दले जानकारी दिए । उनले भने ‘यातायात व्यवसायीले निवेदन दिएपछि हामीले दुईजनालाई नियन्त्रणमा लिएका हौं । छलफलपछि छोडेका छौं । आज गाउँपालिकामा बसेर छलफल गर्ने भनेका छौं ।’

सतबाँझ–रौलेश्वर सडकको चनेतामा स्थानीयहरुले सडकको जमीन समेत मासेर गरा बनाएपछि अहिले गाडी चलाउन मुस्किल भएको छ । सडक तलतिर जमीन काटेकाले सडक भासिने सम्भावना रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update