Sagun Khabar
आज विश्व कुष्ठरोग दिवस मनाइँदै 
Atrya hospital

काठमाण्डौं –‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँं’ नारासहित ७० औँ विश्व कुष्ठरोग दिवस आज मनाइँदैछ । हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाइन्छ । 

आर्थिक वर्ष २०७८÷७९ मा कुष्ठरोगका नयाँ बिरामीको संख्या २ हजार २८५  रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले जनाएको छ ।

विश्वमा रहेका कुष्ठ प्रभावितमध्ये १ प्रतिशत बढि कुष्ठरोगी नेपालमा रहेको तथ्यांक छ । १३ वर्ष पहिले २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा भएको थियो । प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई निवारण भनिन्छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update