काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय तहको सिकाइ उपलब्धी अत्यन्तै कमजोर रहेको बताएका छन् । तुलनात्मक रुपमा पछिल्लो समय विद्यालय तहमा पढाइ छोड्ने विद्यार्थीको संख्या कम भएपनि सिकाइसहित कक्षा चढेको तथ्यांक नभएको उनको भनाइ छ ।
आइतबार शिक्षा पत्रकार सञ्जाल, नेपाल ९इजोन० को आठौं वार्षिक साधारणसभामा मन्त्री खनालले विद्यालय तहमा सिकाइ कमजोर भएकोले उच्च शिक्षामा पनि त्यसको प्रभाव देखिन थालेको बताए ।
पछिल्लो २० वर्षयता शिक्षा क्षेत्रमा काम गर्ने निकायहरु, सरोकारवालाहरुले सबैको पहुँचमा शिक्षा पु¥याउनको लागि काम गरेको र एक हदसम्म सफल भएको पनि भएको र अब भने गुणस्तरीय शिक्षा वितरणको लागि काम गर्नुपर्ने बताए ।
मन्त्री खनालले अहिले सामान्य सुधारका लागि कामहरु भइरहेको जानकारी दिए । वैदेशिक अध्ययन अनुमतिपत्र ९एनओसी०, समकक्षता प्रमाणपत्र अनलाइनमार्फत दिनको लागि अध्ययन सुरु भएको, शिक्षकहरुलाई मासिक रुपमा तलब दिन, समयमा पाठ्यपुस्तक पु¥याउन अपनाउनुपर्ने प्रक्रियाकाको विषयमा काम भइरहेको जानकारी दिए ।
उनले भने ‘अहिले हामी सामान्य सुधारको लागि काम गर्ने प्रयासमा छौं । त्यसपछि शिक्षा ऐन, विश्वविद्यालय छाता ऐन लगायतको विषयमा पनि काम गर्छौं ।’