Sagun Khabar
सुदूरपश्चिममा प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता
Atrya hospital

बैतडी –सुदूरपश्चिममा प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । संघीय सरकार सहित केही प्रदेश सरकारले पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेका बेला सुदूरपश्चिममा भने यो कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि ९६ करोड बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेश सभा सदस्यहरु छन् । एक जना प्रदेशसभा सदस्यलाई ३ करोडका दरले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । कार्यक्रमकको रकम प्रदेश सभा सदस्यहरुले छनोट गरेका क्षेत्रमा खर्च हुँदै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update