Sagun Khabar
सुदूरपश्चिममा मंगलबार ११६ जनाले कोरोना जिते, २ जनाको मृत्यु 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा मंगलबार ११६ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ११६ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । कञ्चनपुरका १ र डडेल्धुराका १ जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १९१ जनाको कोरोना परीक्षण गर्दा थप ४५ जनामा संक्रमण पुष्टि भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update