कैलाली –नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ ।
चौधरीलाई बिहीवार दिउँसो बाँकेको चिसापानीबाट लुम्बिनी प्रदेश प्रहरीले नियन्त्रणमा लिएको हो । उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
फरार सूचीमा रहेका चौधरीलाई पक्राउ गरि नेपाल प्रहरीले आज कैलाली अदालतमा बुझाएको थियो । जिल्ला अदालत कैलालीले उनलाई आजै कारागार चलान गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ १२:३०
प्रतिक्रिया दिनुहोस्