बैतडी –बैतडीको मेलौली नगरपालिकामा आजदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल , कबड्डी र एथ्लेटिक्सका खेलहरु खेलाइने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा नगरपालिका भित्रका १२ विद्यालयको सहभगिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने विद्यालयलाई ३० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता तेश्रो हुनेलाई २० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ १५:०३
प्रतिक्रिया दिनुहोस्