Sagun Khabar
सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक
Atrya hospital

कैलाली –सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक गरिएको छ । प्रदेशसभाको वेबसाइट ह्याक भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । उनका अनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो ? भनेर खुल्न सकेको छैन । 

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले ह्याक भएको वेवसाइट सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update