Sagun Khabar
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामग्री बरामद 

कैलाली –कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । कैलाली प्रहरीले धनगढी उप–महानगरपालिका–२ र ३ नम्बर वडाका सिमानाबाट विभिन्न भन्सार छलीका सामग्री बरामद गरेको हो । 

शनिबार प्रहरीले ६५ हजार मुल्य बराबरका अबैंध भन्सार छलीका सामग्रीहरु बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली, प्रहरी चौकी त्रिनगर र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चिनी, सुर्ति, गुट्का, प्लाष्टिक, कपडा, तरकारी लगायत सामग्रीहरु प्रहरी गस्ती टोलीले बरामद गरेको हो । 

Atrya hospital

भारतबाट भन्सार छली गरी ल्याएको बेवारीसे अवस्थामा फेला पारी ती सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामग्री कैलाली भन्सार कार्यालय पठाइएको छ । 

त्यस्तै कञ्चनपुरबाट पनि प्रहरीले भन्सार छलीका सामग्री बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१० भुजेलाबाट भन्सार छलीका सामग्री बरामद गरेको हो । 

करिब ३१ हजार २४० मूल्य बराबरका चिनी, दाल, खुर्सानी, गुड, पास्ता, बिष्कुट, मिश्री, मुखफली र तानसेन सुर्ती वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । बरामद गरिएका सामग्री भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update