Sagun Khabar
नागरिक उन्मुक्तिले  सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने बताएका बेला नागरिक उन्मुक्तिले भने मत नदिने निर्णय गरेको छ । आज डिल्लीबजार कारागारमा नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यबीच बसेको बैठकले  सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो। 

उन्मुक्तिका नेता रेश्मलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबीच विहानदेखि  बैठक चलेको थीयो।

Atrya hospital

मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत नपाए नेपाली काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। 

पार्टीका संरक्षक रेशम चौधरीसहितका राजबन्दीको रिहाको प्रक्रियासमेत सुरु नभएको भन्दै नागरिक उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको हो। 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update