Sagun Khabar
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै बैठक स्थगित
Atrya hospital

सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशनको सातौ बैठक स्थगित भएको छ । बैठक भोलीसम्मका लागि विशेष कारणवश स्थगित भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी थियो । तर कारणवश बैठक स्थगित भएको हो ।

आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै बैठक स्थगित भएको छ । अर्को बैठक भोली दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सुचना जारी गरेर जानकारी गराएको हो ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update